दिपक खड्काको कम्पनीमा महानगरको डोजर
पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता दीपक खड्काले लैनचौरस्थित नेपाल स्काउटको जग्गामा बनाएको संरचनामा डोजर चलेको छ ।
खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले निर्माण गरेको उक्त संरचना काठमाडौँ महानगरले भत्काएको हो । सो जग्गा भोगचलन गर्न खड्काको कम्पनी र नेपाल स्काउटबीच ०६५ सालमा १० वर्षका लागि सम्झौता भएकोमा ०७५ सालबाट अवधि सकिसकेको छ।
तर, कम्पनीले भाडा नतिरेको स्काउटको भनाई छ । स्काउटले कात्तिक २० गते हालसम्मको भाडा बुझाउन सात दिने अल्टिमेटम दिएको थियो।
तर, भाडा नतिर्ने संकेत देखिएपछि संरचना भत्काएको महानगरले जनाएको छ । स्काउटले खड्काको कम्पनी जफत गरेर भए पनि भाडा असुल्ने बताएको छ ।
टिप्पणीहरू