सभामुखसँग भेट, गृह मन्त्रालयमा बिदाई

सभामुखसँग भेट, गृह मन्त्रालयमा बिदाई

सभामुख देवराज घिमिरेसँग अर्थ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनालले भेटवार्ता गर्नुभएको छ । मन्त्री खनालले मध्यान्ह १२ बजेदेखि झण्डै एक घण्टासम्म सिंहदरबारस्थित संघीय संसद सचिवालयमा रहेको सभामुखको कार्यकक्षमा भेट गर्नुभएको थियो ।

उता गृह मन्त्रालयमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङको बिदाई गरिएको छ । दिउँसो पौने २ बजेको समयमा मन्त्रालयमा आयोजत विशेष समारोहमा गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा बिदाई गरिएको हो । सो अवसरमा गृहसचिव रामेश्वर दंगाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, आगामी महानिरीक्षकमा नियुक्त नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक तथा दान बहादुर कार्की, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललगायत झण्डै तीन दर्जन उपस्थित रहेको बताइन्छ ।

टिप्पणीहरू