मनोरोग विशेषज्ञद्धारा चिकित्सक संघमा उम्मेदवारी घोषणा

मनोरोग विशेषज्ञद्धारा चिकित्सक संघमा उम्मेदवारी घोषणा

मनोरोग विशेषज्ञ डा. नवराज कोइरालाले आगामी पुसमा हुने नेपाल चिकित्सक संघको निर्वाचनमा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन्। उनले उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

डा. कोइराला शिक्षण अस्पतालमा प्राध्यापनका साथै बिरामी जाँच गर्दै आएका छन् र मुलुककै चर्चित मनोरोग विशेषज्ञमध्ये एक हुन्।

हाल उनी मोरङको बुढीगंगा गाउँपालिका–२, टंकीचोकस्थित विराट टिचिङ अस्पतालमा मानसिक विभागको प्रमुखको रूपमा कार्यरत छन्। उनले कोशी प्रदेशका विभिन्न शहरमा पुगेर मनोरोगी बिरामीहरूलाई सेवा प्रदान गर्दै आएका छन्। बोली अलि रुखो भएतापनि उनी कोमल र दयालु हृदय भएका व्यक्ति हुन्। सडकमा भौतारिएर हिँडेका मनोरोग बिरामीहरूको उद्धार र उपचार गर्ने कार्य उनी नियमित रूपमा गर्दै आएका छन्।

काठमाडौंबाट विराटनगर आएपछि उनले केही वर्ष नोबल शिक्षण अस्पतालमा पनि काम गरे। हाल कार्यरत अस्पतालमा मनोरोगी बिरामीको भीड नै लाग्ने गरेको छ। उनले बुढीगंगा–४ मा मानसिक चिकित्सक संघको भवन बनाउन आफ्नो तीन कठ्ठा जमिन उपलब्ध गराएका छन्। आगामी केही समयमा त्यहाँ भवन निर्माणको काम अघि बढ्नेछ।

टिप्पणीहरू