मतदानस्थल पुनःनिर्माणका निम्ति आयोगको पत्राचार

मतदानस्थल पुनःनिर्माणका निम्ति आयोगको पत्राचार

निर्वाचन आयोगले क्षतिग्रस्त मतदानस्थल पुनःनिर्माणका निम्ति गृह मन्त्रालयलाई पत्राचार गरेको छ । आयोगले गृहलाई पत्र पठाउँदै गत भदौ २३ र २४ गतेको जेनजी विध्वंश तथा असोजमा आएको बाढीपहिरोका कारण क्षति पुगेका मतदानस्थल पुनःनिर्माणका लागि सबै जिल्ला प्रशासन कार्यालयलाई लेखी पठाउन अनुरोध गरेको हो । 

आउँदो फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सबै मतदानस्थल तयारी अवस्थामा राख्न पनि भनिएको छ । पत्रमा उल्लेख छ, ‘मिति २०८२–०५–२३ र २४ गते भएको आन्दोलन तथा असोजमा आएको बाढी पहिरोका कारण क्षति भएका मतदानस्थलहरु पुनःनिर्माण–पुनःस्थापना गर्नुपर्ने भएमा सोको स्थलगत सूचना संकलन गरी गराई सम्बन्धित स्थानीय तहसँग आवश्यक समन्वय गरी साविकका मतदान स्थललाई मिति २०८२–११–२१ मा हुने मतदानको लागि तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउन सबै जिल्ला प्रशासन कार्यालयमा लेखी पठाउन ।’

टिप्पणीहरू