मुख्यमन्त्रीविरुद्ध नाराजुलुस निरन्तर
मधेशमा आज पनि प्रदेश सरकार गठनविरुद्ध नाराबाजी भएको छ । नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहित सात दलका कार्यकर्ताले मुख्यमन्त्री कार्यालय अगाडि धर्नासहित नाराजुलुस गरेका हुन् ।
तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारीले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई एक होटलमा मुख्यमन्त्री नियुक्त गरेयता अन्य दलले निरन्तर विरोध जनाउँदै आएका छन् । सोक्रममा अस्ति प्रदेश सभा सदस्यहरूले मुख्यमन्त्री कार्यालय तोडफोडसमेत गरेका थिए ।
हिजो पनि त्यस्तै लफडा चल्दा प्रहरीसँग झडप भएको थियो । त्यसक्रममा दुई सांसद घाइते भएका छन् ।
यता, सरकार गठनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले दीर्घकालीन प्रभाव पर्ने कुनै पनि नीतिगत कार्य/नगर्न नगराउन मुख्यमन्त्री कार्यालयको नाममा आदेश जारी गरेको अवस्था छ ।
टिप्पणीहरू