प्रसाईंले प्रधानमन्त्री खोजेपछि प्रवक्तासँग वार्ता

प्रसाईंले प्रधानमन्त्री खोजेपछि प्रवक्तासँग वार्ता

सरकार र दुर्गा प्रसाईं नेतृत्वको 'नागरिक बचाउ महाभियान' को टोली वार्तामा बस्न लागेका छन् । 

महाभियानका केन्द्रीय प्रवक्ता माधवप्रसाद खतिवडा, प्रेम थापा मगरसहितका नेताहरु वार्ताका लागि सिंहदरबार पुगेका हुन् । प्रसाईं स्वयं भने वार्तामा नबस्ने बताइएको छ । 

मंसिर ७ गतेदेखि मेची-महाकाली आन्दोलनको घोषणा गरेको यो समूहलाई वार्तामा आउन सरकारले कात्तिक १८ गते पत्र पठाएका थियो । पत्र लिएर गएको टोलीलाई प्रवक्ता खतिवडाले आफ्ना संयोजक प्रसाईं प्रधानमन्त्रीसँग मात्र वार्तामा जानकारी दिएका थिए । 

वार्तामा सरकारको तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, गृह सचिव रामेश्वर दंगालसहित अन्य कर्मचारीको सहभागिता रहने बताइएको छ ।

टिप्पणीहरू