महाप्रबन्धक नियुक्तिमा अड्चन ?

महाप्रबन्धक नियुक्तिमा अड्चन ?

नेपाल वायु सेवा निगममा नयाँ महाप्रबन्धक नियुक्त गर्ने प्रक्रिया प्रधानमन्त्री सुशीला कार्कीले चासो देखाएपछि मात्रै अघि बढाउन लागिएको छ । प्रधानमन्त्रीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरि मैनालीलाई हिजो बोलाएर कुराकानी गरेपछि आजबाट उक्त प्रक्रिया अघि बढ्ने बताइएको छ ।

सचिव मैनाली संयोजक रहेको टोलीले खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक चयनका लागि कार्यविधि तयार पारिरहेकाले ढिलो भएको भनिएको छ । तर प्रधानमन्त्री कार्कीले आफैंले बोलाएर निर्देशन दिएपछि मात्रै प्रक्रिया अघि बढाउने, अब सूचना सार्वजनिक गर्ने थालनी भएको छ ।

यसअघि उक्त मन्त्रालयको जिम्मेवारीमा समेत रहनुभएकी प्रधानमन्त्री कार्कीले गत कात्तिक १४ गते सचिव मैनालीको संयोजकत्वमा छनोट समिति गठन गर्नुभएको थियो। समितिमा क्याप्टेन केबी लिम्बू र मन्त्रालयका योजना तथा प्रशासन महाशाखा प्रमुख सहसचिव सदस्य सचिव तोकिएका छन् ।

टिप्पणीहरू