कसले खाइदियाे माेडलकाे पैसा ?
चर्चित लोकदोहोरी मोडल रश्मी तामाङ ठगीमा परेकी छन् । हाल अमेरिकामा रहेकी उनी त्यतै बस्दै बस्ने नेपाली युवकबाट लाखौँ रकम ठगीमा परेकी हुन् ।
झण्डै सात सय म्युजिक भिडियो र विभिन्न टेलिसिरियलमा अभिनय गरेकी रश्मीले युवकको फोटो सार्वजनिक गर्दै ठगीमा परेको जानकारी दिएकी छन् । कुराकानीको स्क्रिन सटलाई आधार मान्ने हो भने ती युवकले रश्मीबाट ठूलो रकम लिएर फिर्ता नगरेको देखिन्छ ।
‘महिनाको एक हजार डलर मात्र भए पनि पठाउँदै जा,मेरो सबै पैसा फिर्ता गर’, रश्मीले भनेकी छन्, ‘मेरो हालत कस्तो भइरहेको छ,तैँले कहिल्यै बुझ्ने प्रयास गरिस् ?’
‘महिनाको एक हजार डलर मात्र भए पनि पठाउँदै जा,मेरो सबै पैसा फिर्ता गर’, रश्मीले भनेकी छन्, ‘मेरो हालत कस्तो भइरहेको छ,तैँले कहिल्यै बुझ्ने प्रयास गरिस् ?’
जवाफमा ती युवकले आफूसँग पैसा भएपछि फिर्ता दिने बताएका छन् । तर युवकले लामो समयदेखि ‘दिन्छु दिन्छु’ भन्दै झुलाइरहेको रश्मीको आशय छ । जसरी पनि पैसा फिर्ता दिनुपर्ने रश्मीको भनाईपछि युवकले ‘तैँले मेरो ...पनि हल्लाउन सक्दैनस्’ भन्दै अश्लिल गालीगलौज गरेको देखिन्छ ।
०७८ मा गोरखाका अनिल रानासँग बिहे गरेर अमेरिका उडेकी रश्मीले ती युवकले पैसा फिर्ता नगर्दा आफ्नो निजी जिन्दगीमा ठूलो समस्या आएको समेत बताएकी छन् । ‘तिम्रो एउटा समस्या समाधान गर्ने चक्करमा दश वटा समस्याले घेरिएको मान्छे हुँ’,ठगी गर्ने युवकलाई लक्षित गर्दै भनेकी छन्, ‘साथीको राम्रो परिभाषा दियौ,तिमी जस्ताले गर्दा हरेक मान्छे आफ्नो साथीसँग डराउनेछ।’
उनले ती युवकको फोटो सार्वजनिक गरे पनि नाम भने खुलाएकी छैनन् ।
टिप्पणीहरू