पूर्ण सेवा सुचारु गर्दै सर्वोच्च

पूर्ण सेवा सुचारु गर्दै सर्वोच्च

गत भदौ २४ को जेनजी विध्वंशपछि स्थगित सर्वोच्च अदालतको सेवा पूर्ण सञ्चालनमा आउने भएको छ । 

सो घटनापछि परिसरमा टेण्ट टाँगेर आंशिक रुपमा सेवा सुचारु गरिरहेको सर्वोच्चले मंसिर १ गतेदेखि पूर्णरूपमा सेवा सञ्चालन गर्न लागेको हो । हिजो बसेको फुलकोर्ट बैठकको निर्णयानुसार पहिलेकै अवस्थामा सेवा सुचारु गर्न लागेको सर्वोच्च प्रशासनले जनाएको छ ।

अदालतमा आगजनी, तोडफोड र लुटपाट गर्नेहरुविरुद्ध सर्वोच्चले प्रहरीमा जाहेरी पनि दिइसकेको छ ।

‘२०८२–०८–२० गतेदेखि शुरु मुद्दा, पुनरावेदनपत्र, दोहोर्याई पाउँको निवेदन तथा पुनरावलोकनको निवेदनसमेतका सबै प्रकारका मुद्दा तथा निवेदनहरु नियमित रुपमा दर्ता एवं सुनुवाई हुने...’,सूचनामा उल्लेख छ ।  

जेनजी प्रदर्शनको नाममा भएको लुटपाट, तोडफोड र आगजनीले सर्वोच्चको भौतिक संरचना ध्वस्त भएको छ । इजलास, चालु मुद्दा तथा सूचना प्रणालीमा समेत क्षति भएकोमा हाल सर्वोच्चले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७, १५५ र मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ का निवेदनहरु मात्र दर्ता गर्दै आएको छ ।

टिप्पणीहरू