इन्स्पेक्टर अनुको नाममा गृह मन्त्रलयलको सूचना

इन्स्पेक्टर अनुको नाममा गृह मन्त्रलयलको सूचना

गृह मन्त्रालयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) अनु लामालाई स्पष्टीकरण सोधेको छ । 

घर बिदामा गएर नफर्किएकी उनलाई सात दिनभित्र लिखित जवाफसहित कार्यालयमा हाजिर हुन मन्त्रालयले निर्देशन दिएको हो । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–५ की अनु बागमती प्रदेश प्रहरी कार्यालयको गम्भीर अपराध अनुसन्धान शाखामा कार्यरत थिइन् ।

गत असार २५ गते १० दिन बिदा स्वीकृत गराई निस्किएकी उनले फेरि १० दिन थपेकी थिइन् । त्यसअनुसार साउन १६ गते हाजिर हुनुपर्नेमा अहिलेसम्म बेखबर रहेपछि प्रहरी हेडक्वाटरले ‘प्रहरी नियमावली, २०७१ (संशोधनसहित)’ को नियम ११५ को उपनियम (२) बमोजिम उनको नाममा सूचना निकालेको थियो ।

सार्वजनिक सूचना निकालेर खोजतालस गर्दा पनि हाजिर हुन नआएपछि गृहले आज सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित नभएमा कारबाही गर्ने चेतावनी दिएको छ । 

‘तपाईँउपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (घ) को बिदा स्वीकृत नगराई लगातार ४५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कसुर ऐ. नियमावलीको नियम १०९ को खण्ड (ख)(१) बमोजिम ‘भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ कारबाही भइजाने...’, गृहको सूचनामा उल्लेख छ ।

टिप्पणीहरू