अवैध काममा लगाइएका नेपालीको उद्धार

अवैध काममा लगाइएका नेपालीको उद्धार

म्यानमारमा अवैध काममा संलग्न एक दर्जन बढी नेपालीको उद्धार गरिएको छ। 

थाइल्याण्डको बैंककस्थित नेपाली राजदूतावासले १४ जनालाई उद्धार गरेर आज नेपाल एअरलाइन्सको उडान नम्बर आरए४०२ मार्फत स्वदेश फिर्ता पठाएको हो । 

जागिरको प्रलोभन देखाएर म्यानमार पुर्याइएका उनीहरूलाई अवैध रुपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्रहरूमा काममा लगाइएको थियो । थाइल्याण्डस्थित विभिन्न निकायको सहयोगमा म्यानमारको म्यावडीबाट उद्धार गरिएको दूतावासले जनाएको छ । 

त्यसैगरी, ११ नेपालीलाई फर्काउनका लागि पहल गरिरहेको पनि दूतावासले जानकारी दिएको छ । २०२५ अक्टोबर १९ यता ३८ नेपालीसहित २८ मुलुकका दुई हजार बढी विदेशी नागरिकहरु थाइल्याण्ड प्रवेश गरेका थिए । 

दूतावासका अनुसार ती नेपालीलाई फर्काउनका लागि थाइल्याण्डको निकायसँग समन्वय भइरहेको छ । साथै, दूतावासले जागिरको प्रलोभनमा कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड नआउन सूचित गराएको छ ।

टिप्पणीहरू