रवि भेट्न सिंहदरबार पुगिन् निकिता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का सभापति रवि लामिछानेलाई भेट्न पत्नी निकिता पौडेल सिंहदरबार पुगेकी छन् ।
भदौ २३ र २४ गतेको घटनामा छानविन गर्न बनेको जाँचबुझ आयोगले बयानको लागि लामिछानेलाई सिंहदरबार लगिएपछि निकिता पनि त्यहाँ गएकी हुन् । सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका रवि गत भदौ २४ गते कारागारबाट निस्किएका थिए ।
उनी निस्किएपछि अन्य कारागारमा पनि तनावग्रस्त स्थिति बनेकोमा झण्डै १४ हजार कैदीबन्दी भागेका थिए । जसमध्ये अहिलेपनि पाँच हजार कैदीबन्दी बाहिरै छन् ।
रविले कारागारबाट छुटेपछि देखाएको पत्र फेक प्रमाणित भइसकेको छ भने उनलाई छुटाउन जाने रास्वपाका उपसभापति डिपी अर्याल, प्रवक्ता मनिष झा, केन्द्रीय सदस्यहरु हरि ढकाल र गणेश पराजुलीसँग पनि आयोगले बयान लिने भएको छ ।
टिप्पणीहरू