शोभा पाठकको मुद्दामा अन्तिम सुनुवाई

शोभा पाठकको मुद्दामा अन्तिम सुनुवाई

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतसँग ‘लिभिङ टुगेदर’ मा बसेकी शोभा पाठकले दायर गरेको रिट अन्तिम सुनुवाईका लागि पेशी चढेको छ । उच्च अदालत, पाटनका न्यायाधीशद्धय कृपासुर कार्की र प्रकाश ढुंगानाको संयुक्त इजलासमा रिटमाथि सुनुवाईका लागि पेशी तोकिएको हो । 

शोभाले बस्नेतविरुद्ध जिल्ला प्रहरी परिसर,काठमाडौंमा ‘भ्रुण हत्या, जबरजस्ती करणी र डाँका चोरी’ प्रकरणमा जाहेरी दिएकी थिइन् । प्रहरीले प्रमाण अपुग भएको जनाउँदै मुद्दा तामेलीमा राख्न जिल्ला सरकारी कार्यालय, काठमाडौंलाई सिफारिस गरेको थियो । सोहीअनुरुप कार्यालयले मुद्दा तामेलीमा राखेको हो । 

आफू गर्भवती हुँदाको अल्ट्रासाउण्डको रिपोर्ट, पटकपटक गर्भ फालेको अस्पतालको रिपोर्ट हुँदाहुँदै पनि प्रमाण अपुग भएको भन्दै मुद्दा तामेली राखेपछि शोभाले जिल्ला सरकारी वकिल कार्यालयसहितलाई विपक्षी बनाएर २०८२ असार १५ गते उच्चमा रिट निवेदन दायर गरेकी थिइन् । सो रिट ६ पटक पेशी चढेकोमा आज फैसला आउन लागेको हो ।  

शोभाले भनिन्,‘म अहिले अदालतमा छु । सुनुवाईपछि आज फैसला आउँछ ।’
 

टिप्पणीहरू