रवि लामिछानेलाई सिंहदरबार लगियो

रवि लामिछानेलाई सिंहदरबार लगियो

जेनजी विध्वंशको मौका छोपेर नक्कली कागजात बनाई कारागारबाट निस्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सिंहदरबार लगिएको छ । 

भदौ २३ र २४ गतेको घटनामाथि छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको जाँचबुझ आयोगमा बयानका लागि उनलाई भर्खँरै सिंहदरबार पुर्याइएको हो । सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका रवि गत भदौ २४ गते कारागारबाट निस्किएका थिए । 

उनी निस्किएपछि अन्य कारागारमा पनि तनावग्रस्त स्थिति बनेकोमा झण्डै १४ हजार कैदीबन्दी भागेका थिए । जसमध्ये अहिलेपनि पाँच हजार कैदीबन्दी बाहिरै छन् । 

रविले कारागारबाट छुटेपछि देखाएको पत्र फेक प्रमाणित भइसकेको छ भने उनलाई छुटाउन जाने रास्वपाका उपसभापति डिपी अर्याल, प्रवक्ता मनिष झा, केन्द्रीय सदस्यहरु हरि ढकाल र गणेश पराजुलीसँग पनि आयोगले बयान लिने भएको छ ।

टिप्पणीहरू