डिआइजी ओमबहादुर राना विवादमा तानिए

डिआइजी ओमबहादुर राना विवादमा तानिए

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी ओमबहादुर राना विवादमा तानिएका छन् । 

तालुकदार गृह मन्त्रालयको अनुमति नलिई एक असम्बन्धित व्यक्तिसँग सुटुक्क भारत गएको घटना सार्वजनिक भएपछि उनी विवादमा परेका हुन् । 

स्रोतका अनुसार इजरायलमा मारिएका विपिन जोशीको शव गृहजिल्ला ल्याएर अन्त्येष्टि  गरेको दिन राना भारतस्थित उत्तराखण्डको बनबासा पुगेका थिए । यसबारे प्रहरी प्रधान कार्यालयले स्पष्टीकरणसमेत सोधिसकेको छ ।

यता भदौ २३ को जेनजी प्रदर्शन र भोलिपल्टको विध्वंशमा समेत रानाको बयान लिने तयारी छ । त्यतिबेला राना उपत्यका प्रहरी कार्यालयको निमित्त प्रमुख थिए । 

विवादित व्यक्तिसँग भारत पसेको विषयमा छानबिन गर्ने गृह मन्त्रालयको तयारी रहेको उच्च स्रोतले जानकारी दिएको छ ।

टिप्पणीहरू