रोयल इनफिल्डको नयाँ बाइक लञ्च

रोयल इनफिल्डको नयाँ बाइक लञ्च

रोयल इनफिल्डको आधिकारिक बिक्रेता ‘गैरे प्रतिष्ठान प्रालि’ ले न्यू स्क्र्याम ४४० बाइक बजारमा ल्याएको छ । 

यसअघि ४११ स्क्र्याम मोडलको बाइक बजारमा ल्याएको कम्पनीले एड्भेञ्चर क्रसओभरको रुपमा अझ विकसित स्क्र्याम ४४० बाइक लञ्च गरिएको हो । सडकको अवस्थालाई मध्यनजर गर्दै अफ–रोड क्षमताको बाइक ल्याइएको प्रबन्ध सञ्चालक प्रवेश गैरेले बताए । 

उनका अनुसार सो बाइक दुईवटा भेरियन्टमा उपलब्ध हुनेछ– ट्रेल भेरियन्ट र फोर्स भेरियन्ट । ट्रेल भेरियन्टमा परम्परागत स्पोक व्हील र ट्युब टायर छ भने सो बाइक ट्रेल ब्लू र ट्रेल ग्रीन कलरमा उपलब्ध हुनेछ । 

फोर्स भेरियन्टमा तीन वटा कलर पाउन सकिने गैरेले जानकारी दिए । जसमा फोर्स ब्लू, फोर्स ग्रे र फोर्स टील कलर रहेको छ ।

एलोय व्हील र ट्युबलेस टायर भएको फोर्स भेरियन्टले शहरकेन्द्रित सवारीलाई सहज बनाउने जनाइएको छ । बाइकको मूल्य ६ लाख ८९ हजार ९०० देखि ६ लाख ९९ हजार ९०० रुपैयाँसम्म रहेको छ । 

३५० सीसीदेखि ६५० सीसी क्षमताका बाइक उत्पादनमा अन्तर्राष्ट्रियस्तरमा परिचित रोयल इनफिल्डको ६० मुलुकमा करिब ८५० र भारतभर दुई हजारभन्दा बढी स्टोर छ ।
 

टिप्पणीहरू