मेरो राजीनामाको हल्ला निराधारः ऊर्जामन्त्री
ऊर्जामन्त्री कुलमान घिसिङले आफूले पदबाट राजीनामा दिन लागेको भन्ने हल्लामा कुनै सत्यता नरहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत् जानकारी गराउँदै मन्त्रीले त्यस्तो समाचारलाई निराधार भनेका हुन् ।
उनले लेखेका छन्, ‘पदबाट राजीनामा दिन लागेको भन्ने समाचारमा कुनै पनि सत्यता छैन ।’ जेन–जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि बनेको सरकार जनताको आशा र विश्वास पूरा गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।
तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका मन्त्रीले आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न निरन्तर क्रियाशील रहेकोबारे प्रष्ट पारेका छन् ।
टिप्पणीहरू