घाम लागेपछि पदयात्रा खुला

घाम लागेपछि पदयात्रा खुला

मौसममा सुधार हुँदै गएपछि गोरखाको मनास्लु क्षेत्र पदयात्राका लागि खुला गरिएको छ । अत्यधिक हिमपात र वर्षाका कारण गत बिहीबारदेखि बन्द सो पदमार्ग स्थानीय प्रशासनले आजदेखि पुनः खुला गरेको हो । 

प्रशासनका अनुसार नजिकको सुरक्षा निकाय र मनास्लु क्षेत्र आयोजनासँगको समन्वय वा आवश्यक जानकारी लिएर पदमार्गमा जान सकिने छ । 

यद्यपि, मार्ग भत्केको अवस्थामा यात्रा नगर्न, सावधानी अपनाउन र मौसम प्रतिकूल हुनासाथ आवतजावत रोकी सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।

टिप्पणीहरू