नेता ‘फेसबुक लाइभ’मा, समर्थक प्रहरी खोरमा
आफूलाई युवा अभियन्ता बताउने निकोलस भुसाल समूहका दुई जना पक्राउ परेका छन्। भुसालले आह्वान गरेको प्रदर्शनका लागि माइतीघर मण्डला पुगेका जेन जी वाइका संयोजक सुनिलप्रसाद शाह र सुनिल सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
भुसालले हिजोको पत्रकार सम्मेलनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र काठमाडौँका तत्कालीन सिडिओ छवि रिजालको घर घेराउने योजना बनाएको भन्दै हिंसा भड्काउने अभिव्यक्ति दिएका थिए। मुडभेड गराउन उक्साउने अभिव्यक्तिका कारण प्रहरीले हिजोदेखि नै निगरानीमा राखेको बताइए पनि हालसम्म पक्राउ परेका छैनन् ।
यद्यपि भुसाल अहिले पनि माइतीघरमै देखिन्छन् । उनले फेसबुकमा लाइभ गरेर प्रहरीले आफ्ना साथीहरुलाई धमाधम पक्राउ गरेको भन्दै प्रदर्शनमा आउन युवाहरुलाई आग्रह गरिरहेका छन् ।
टिप्पणीहरू