जंगी अड्डाबाट एक जना उपद्र्याहा समातिए
काठमाडौंको भद्रकालीस्थित नेपाली सेनाको मुख्यालय तोडफोड गर्न पुगेका सिन्धुलीका २४ वर्षीय राहुल बोगटी पक्राउ परेका छन् ।
उनलाई गत असोज १८ गते सेनाले पक्रेर जिल्ला प्रहरी परिसर, काठमाडौंसमक्ष बुझाएको थियो । बोगटी सो दिन एक्लै जंगी अड्डा तोडफोड गर्न पुगेका थिए । मुख्यालयको पश्चिम गेटमा कार्की रेष्टुरेण्टतिरबाट भित्र छिरेर सभामण्डपछेउ सौना कक्षको सिसासँगै फ्रिजलगायत सामान ढुंगा हानेर फुटाएको आरोप छ । उनीमाथि आपराधिक उपद्रवको कसुरमा अनुसन्धान भइरहेको काठमाडौं प्रहरीका सूचना अधिकारी एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
‘उहाँ २४ दिनदेखि हाम्रो हिरासतमा हुनुहुन्छ । आपराधिक उपद्रवको कसुरमा अनुसन्धान जारी छ । केही दिनमा अनुसन्धान सकेर मुद्दा चलाउँछौं,’ उनले भने ।
टिप्पणीहरू