देउवालाई जहाजबाट झर्नासाथ ह्विलचियर र सोझै अस्पताल
नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र श्रीमती तथा पूर्व परराष्ट्रमन्त्री डा.आरजू राणा देउवाले सिंगापुरको चाङ्गी विमानस्थलमा प्रयोग गरेको ह्विलचियरको फोटो भाइरल भएको छ । गएराति काठमाडौंबाट त्यता जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गाडीबाट ओर्लेर ठमठम सेक्युरिटीसम्म हिँडेका देउवा दम्पतीले उता किन ह्विलचियर प्रयोग गरे होलान् ? भन्नेबारे आज बिहानैदेखि अनेक चर्चा चल्न थालेको छ ।
यस्तो किन त ? जनआस्थाको जिज्ञाशामा देउवा दम्पतीको भदौ २४ गतेपछि उपचारमा संलग्न टोलीका एक जना चिकित्सकले बताए, ‘सिंगापुर अस्पतालमा उपचारको लागि नाम लेखाएर जाने जोसुकै र जस्तोसुकै अवस्थाका बिरामीलाई पनि विमानस्थलदेखि नै ह्विलचियर प्रयोग गर्नु त्यहाँको स्वास्थ्य उपचार मापदण्डभित्र पर्छ । उहाँहरुलाई पनि सोही कारण ह्विलचियरमा राखिएको हो, अरु केही कारण छैन ।’
उहाँहरु तत्काल स्वदेश फर्कनुहोला जस्तो लाग्दैन । सम्भवतः त्यहाँबाट अरु कुनै देश जानुहुन्छ कि !’
ती चिकित्सकका अनुसार भदौ २४ गतेको आक्रमणकै कारण देउवाको टाउकोमा १२ टाँका लगाउनुपरेबाहेक उहाँहरुको स्वास्थ्यमा कुनै गम्भीर समस्या देखिँदैन । तर उमेरका कारण देखापर्ने मुटु,सुगर,पिसाब,कोलेस्टोरल रोगको कुरो अर्को होला । ती रोग पनि खासै समस्याउन्मुख छैनन् । श्रीमती राणाको भने यसअघि हिपको उपचार जापान र पाठेघरको उपचार नयाँ दिल्लीमा पटक पटक गरिएको थियो ।
उहाँहरुसङ्ग लामो समय कुरुवा बसेका एक आफन्तले राजनीतिक अवस्थाको आकलन गर्दै दाबी गरेका छन्,‘उहाँहरु तत्काल स्वदेश फर्कनुहोला जस्तो लाग्दैन । सम्भवतः त्यहाँबाट अरु कुनै देश जानुहुन्छ कि !’ यता पार्टीको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई बुझाइएको,बूढानीलकण्ठ र कैलालीको निवास खरानी बनाइएको, छोरा र बुहारी विदेशमा रहेको र अब पुनः राजनीतिमा फर्केर बाँकी इच्छा पूरा गर्ने रहर बाँकी नभएकाले पनि देउवा दम्पती स्वदेश फर्कने सम्भावना अत्यन्त न्यून रहेको उनैको बुझाई छ ।
टिप्पणीहरू