मन्त्री कुलमान दिउँसो दिल्ली जाँदै
ऊर्जा,जलस्रोत तथा सिन्चाइ,भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ आज भारत जाने कार्यक्रम छ । अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को आठौँ महासभामा सहभागी हुन मन्त्री नयाँ दिल्ली जान लागेका हुन् ।
उक्त सम्मेलनमा ४० भन्दा बढी देशका ऊर्जा मन्त्रीहरू सहभागी हुने बताइएको छ । नेपाल पनि उक्त गठबन्धनको सदस्य राष्ट्र हो ।
मन्त्री घिसिङ आज दिउँसो पौने २ बजे नेपाल वायुसेवाको उडानमा भारत जाँदैछन् ।
टिप्पणीहरू