भत्काउनमा कसले भेट्ने बालेनलाई ? बिदाको बेला उद्योगपति अमात्यको घरमाथि डोजर
भनिन्छ ‘जब अदालत र प्रहरी प्रशासन निष्क्रिय हुन्छ,तब कानुनलाई हातमा लिनेहरूको मनोबल बढ्छ ।’ यो अनुभव यतिखेर पुराना व्यवसायी पियुषबहादुर अमात्यले गर्नुपरेको छ । भदौ २४ गतेको जेन जी विध्वंशपछि अदालत र प्रहरी प्रशासन निष्क्रिय जस्तै बनेको मौका छोपेर उनको घरमा डोजर चलाइएको छ ।
दादागिरी शैलीमा केही व्यक्ति परिचालन गरेर पर्खाल भत्काइएको छ । प्राविधिक नापजाँचबिना डोजर चलाउँदा उनको पूरै घर जोखिममा परेको प्रस्टै देखिन्छ।
अमात्यले काठमाडौं महानगरपालिका–१०, नयाँ बानेश्वरको मदन भण्डारी पथमा वि.सं. २०४० सालमा घर बनाए । भिरालो ठाउँमा भएकाले घर भत्किन सक्ने जोखिम अत्यधिक थियो । छेउको जग्गा भद्रकाली गुठीका नाममा थियो,जुन अष्टमाया मालिनीले भोगचलन गरिरहेकी थिइन् । उनका छोरा नभएकाले मृत्युपछि छोरीहरूले सम्पत्ति पाए ।
अमात्यको घरमा महानगरका एक जना पनि प्रतिनिधि नराखी डोजर चलाइएको छ । डोजर अपरेटरलाई नै इन्जिनियर बनाएर पर्खाल भत्काइएको पाठकको भनाइ छ । भत्काउने क्रममा तीन वटा डोजर ल्याइएको थियो,जसमा एउटा डोजरको ब्लेज नै भाँच्चियो।
२०५२ असोज १ गते अमात्यले सँगैको दुई आना दुई पैसा साढे तीन दाम जग्गा प्रतिआना एक लाखको दरले गुठीयारकी छोरी पूर्णदेवी मालीसँग खरिद गरे । जग्गा गुठीबाट व्यक्तिको नाममा ल्याउन बाँकी नै थियो । उनले अग्रिम भुक्तानी २ लाख ७१ हजार ८७५ रुपैयाँ दिए र लिखत प्राप्त गरे,जुन हाल पनि अमात्यसँग रहेको छ ।
२०८० सालमा अचानक इन्टरनेशनल स्कूल अफ म्यानेज्मेन्ट एण्ड टेक्नोलोजी (आईएसएमटी)ले आएर पर्खाल लगाइएको जग्गा आफ्नो भएको दाबी गरेपछि आफू अचम्भित भएको अमात्य बताउँछन् । आईएसएमटीले जग्गा आफूले खरिद गरेको दावी गर्दै त्यस जग्गामा कलेज बनाउन लागेको बताएपछि अमात्य छक्क परेका थिए । कागजपत्र खोज्दै जाँदा पूर्णदेवीले जग्गा आफ्नो नाममा आएपछि प्राइम हाउजिङ्गलाई बिक्री गरेको खुल्यो । प्राइमले आइएमएस डेभलपर्सलाई, डेभलपर्सले सगुन कन्ट्रक्सनलाई बिक्री गरे,र त्यसपछि कन्सट्रक्सनले कलेजलाई बेचेको देखिन्छ ।

निर्माण आदेश र डोजरको प्रयोग
आईएसएमटीले महानगरमा निवेदन दर्ता गराएपछि मेयर बालेन्द्र साहको इजलासले गत वैशाख ११ गते पर्खाल भत्काउन आदेश जारी गर्यो । आदेशमा भनिएको थियो ‘प्रतिवादीले वादीको जग्गामा पर्ने गरी बनाएको हदसम्मको पर्खाल भत्काउने’ र ‘आफ्नै स्वामित्वको जग्गामा बनाएको संरचनाको हकमा नक्शा पेश गर्नुपर्ने।’
वैशाख २१ गते अमात्यलाई आदेशको पत्र प्राप्त भयो । उनले सोविरुद्ध काठमाडौं जिल्ला अदालतमा पुनरावेदन दायर गरे । अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा,तिहार बिदाको अघिल्लो दिन अचानक डोजर ल्याएर पर्खाल भत्काइयो । आईएसएमटीले आफ्नै लेटरप्याडमा वडाध्यक्षलाई सम्बोधन गरेर जानकारी पत्र बनाएको देखिन्छ ।
कानुनी प्रतिनिधि वीरेन्द्र पाठकका अनुसार,घरमा क्षति नपुग्नेगरी भत्काउने भनिएकोमा घरभित्रै चिरा परेको अवस्था छ । भोलिपल्टदेखि तिहार बिदा र सरकारी कार्यालय बन्द भएको कारण अन्तरिम आदेश ल्याउन बाटो बन्द रहेको उनले बताए ।
सरकारी प्रतिनिधिको अनुपस्थितिमा डोजर सञ्चालन
कुनै पनि भौतिक संरचना भत्काउँदा इन्जिनियर र सरकारी प्रतिनिधि आवश्यक हुन्छ । तर अमात्यको घरमा महानगरका एक जना पनि प्रतिनिधि नराखी डोजर चलाइएको छ । डोजर अपरेटरलाई नै इन्जिनियर बनाएर पर्खाल भत्काइएको पाठकको भनाइ छ । भत्काउने क्रममा तीन वटा डोजर ल्याइएको थियो,जसमा एउटा डोजरको ब्लेज नै भाँच्चियो।
जोखिममा घर,भयमा परिवार
पर्खाल भत्काएपछि अमात्यको घर नै जोखिममा परेको छ । घरभित्र चिरा परेको,गारो भत्किने अवस्था आएको, पिल्लर हल्लिएको छ । वृद्धवृद्धा मात्र बस्ने घरको आधा भाग भत्काएकाले सुरक्षाको जोखिम बढेको छ ।
अमात्यका कानुनी प्रतिनिधि पाठकले भने, ‘देशमा कानुन छ,अदालतको तीन तह छ । तर उनीहरूले कानुनलाई हातमा लिएर पर्खालमा डोजर चलाए । न इन्जिनियर छ न सर्भेक्षक।’ भत्किएको भागबाट जो कोही छिर्न सक्ने खतरा रहेकाले वृद्धवृद्धा निदाउन समेत नसकेको अवस्था छ । अमात्य पोखराको डृम प्रोजेक्ट फूलबारी रिसोर्टका मालिक हुन् । सान मिगेल बियर र मित्सुबिसी पजेरो गाडी नेपाल भित्र्याउने श्रेय पनि उनैलाई जान्छ ।






टिप्पणीहरू