रनवेबाट चिप्लिएको विमान समुद्रमा

रनवेबाट चिप्लिएको विमान समुद्रमा

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्गो विमान रनवेबाट चिप्लिएर समुद्रमा खसेको छ। दुर्घटनामा दुई जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

मृतक दुबै विमानभित्रको नभएर विमानस्थलका ‘ग्राउन्ड स्टाफ’ (जमिनमा काम गर्ने कर्मचारी) हुन्। विमान सवारीसाधनमा ठोक्किएपछि समुद्रमा खसेको थियो । 

ती स्टाफ विमानस्थलमा गुड्ने गाडीमा थिए । विमानको चालक दलका चार सदस्यलाई उपचारार्थ अस्पताल लगिएको छ ।

दुर्घटनाग्रस्त विमान एमिरेट्स फ्लाइट ईके ९७८८ हो ।

टिप्पणीहरू