चुलु फार ईस्ट हिमालमा राष्ट्रिय र सशस्त्रको झण्डा

चुलु फार ईस्ट हिमालमा राष्ट्रिय  र सशस्त्रको झण्डा

सशस्त्र प्रहरी बल, नेपालका नौ सदस्यीय टोलीले अन्नपूर्ण क्षेत्रमा पर्ने चुलु फार ईस्ट हिमाल सफलतापूर्वक आरोहण गरी राष्ट्रिय झण्डा फहराएका छन्।

सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको नेतृत्वमा गएको टोलीले असोज २५ गते बिहान ७ बजे ६ हजार ३८ मिटर अग्लो हिमालको शिखरमा पुगेर सशस्त्र प्रहरी बल, नेपालको झण्डा फहराएको हो।

उक्त टोलीमा सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज पौडेल, मनोज खड्का, सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेत, रवि खकुरेल, सशस्त्र प्रहरी नायव निरीक्षक दन्तबहादुर छन्त्याल र सशस्त्र प्रहरी जवान कमल श्रेष्ठ रहेका थिए। उनीहरूसँगै कुशल आरोही निङ्मा छिरि शेर्पा र सुन्वा छिरि शेर्पा पनि आरोहण टोलीमा सहभागी थिए।

सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज पौडेलले गत वर्ष सगरमाथा आरोहण पनि गरेका थिए।

टिप्पणीहरू