बत्ति बाल्ने भन्दै चोकको नाम फेर्न खोज्नेहरु प्रहरी परिसरमा

बत्ति बाल्ने भन्दै चोकको नाम फेर्न खोज्नेहरु प्रहरी परिसरमा

काठमाण्डौं महानगरपालिका–३२ तीनकुनेलाई जेन जी चोक घोषणा गर्न खोज्नेहरु पक्राउ परेका छन । जेन जी चोक लेखिएको बोर्ड राख्न खोजेपछि तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

स्रोतका अनुसार प्रहरीले नियन्त्रणमा लिएकाहरूमा जेन जी समूहका प्रवक्ता अभिन लिम्बू, सदस्य सुनिल सिंह र पुरुषोत्तम यादव हुन् । त्यहाँबाट उनीहरूलाई काठमाडौं प्रहरी परिसर लगिएको थियो ।

तीनकुनेमा दीप प्रज्वलनको अनुमति लिएका उनीहरुले बोर्ड राख्न खोजेपछि नियन्त्रणमा लिनुपरेको प्रहरीको भनाइ छ । ‘दीप प्रज्वलनको अनुमति लिएर चोकको नाम घोषणा गर्न खोज्नु अनुमति विपरीतको कार्य हो,’ प्रहरीले भन्यो ।

टिप्पणीहरू