दिल्ली पुगेका दुर्गा प्रसाईं भोलि काठमाडौं फर्कंदै
भदौ २३ को प्रदर्शन र २४ गतेको विध्वंशपछि नयाँ दिल्ली गएका दुर्गा प्रसाईं भोलि काठमाडौं आउन लागेका छन् । भदौ २६ गते साँझ प्रधानसेनापति अशोकराज सिग्देलसँग जंगी अड्डामा नयाँ सरकार गठनबारे कुराकानी गरेको केही दिनपछि उनी भारत गएका थिए ।
राजसंस्था पुनर्स्थापना र हिन्दू राष्ट्रको माग गर्दै आएको समूहको नेतृत्व गरेका उनी गत चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजित प्रदर्शन हिंसात्मक भएपछि एकाएक भागेर भारत छिरेका थिए । भारतीय प्रहरीको सहयोगमा पक्राउ परेपछि अदालतको आदेशले केही महिना जेल बसे ।
धरौटीमा छुटेका उनी र उनको संस्थामाथि भदौ २४ गतेको विध्वंशमा सर्वोच्च अदालत,काठमाडौं जिल्ला अदालत, संसद भवन, व्यापारिक भवनहरुमा आगजनी गरेको आरोप लागेको छ । उपचारको नाममा नयाँ दिल्ली गएका उनको पछिल्लो भ्रमणलाई कतिपयले शंकाको दृष्टिकोणबाट हेरेका छन् ।
टिप्पणीहरू