राष्ट्रपति डिस्चार्ज, पूर्वराजाकाे ‘प्राेस्टेट’ परिक्षण

राष्ट्रपति डिस्चार्ज, पूर्वराजाकाे ‘प्राेस्टेट’ परिक्षण

पूर्वराजा ज्ञानेन्द्र शाह स्वास्थ्य परिक्षणको लागि धुम्बाराहीस्थित ह्याम्स अस्पताल पुग्नुभएको छ । उहाँ आज बिहान पत्नी कोमललाई लिएर अस्पताल पुग्नुभएको हो । 

शाहले प्राेस्टेट बायोप्सी परिक्षण गराएको बुझिएको छ । 

उता राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । स्वास्थ्यमा समस्या आएपछि हिजो महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना हुनुभएका उहाँ आज मध्यान्ह डिस्चार्ज हुनुभएको हो । कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले एक विज्ञप्ति जारी गरेर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य बनेपछि डिस्चार्ज गरिएको जनाएको छ ।

टिप्पणीहरू