डाक्टर निकोलसको पिसाब परीक्षणमा गाँजाको मात्रा
मेडिकल डाक्टर निकोलस भुसाल गाँजा सेवन गरेर माइतीघर मण्डलामा जुलुस निकाल्न गएको पुष्टि भएको छ । हिजो मध्यान्ह पक्राउ परेका उनलाई गाँजा सेवन गरेको मेडिकल रिपोर्ट आएसङ्गै प्रहरीले सुधार केन्द्र पठाएको थियो ।
अभियन्ता भनिने भुसालको मेडिकल रिपोर्टमा उनले हिजोजस्तै पोहोरको गिरफ्तारीमा पनि लागुऔषध (गाँजा) सेवन गरेको पाइएको थियो ।
निकोलसलाई हिजो उनका दाजुको जिम्मा लगाएर सुधार केन्द्र पठाइए पनि राति नै छुटेका थिए । भुसालसहित प्रहरीले अन्य दुई जनालाई पनि पक्राउ परेका छन् ।
यता भुसाल पक्राउ प्रकरणपछि सामाजिक सञ्जालमा गाँजाको चर्चा बढेको देखिन्छ । एकजनाले लेखेका छन्, ‘डा. निकोलस भुसालले गाँजा सेवन गरेको मेडिकल रिपोर्टपछि सुधार केन्द्र पठाउने तयारी तर बालेनलाई चाहिँ जति गाँजा तानेर जे लेखे पनि छुट ?’
काठमाडौं महानगरपालिकाका मेयर बालेन साह पनि गाँजाको अम्मली रहेको छर्लङ्ग छ । उनले सामाजिक सञ्जालमा लेख्ने स्टाटसको भाषा,समय र कतिपयले पोष्ट गरेका फोटो तथा भिडियोले पनि उक्त आरोपमा दम रहेको देखिन्छ ।
टिप्पणीहरू