सरकारी गाडी हराएमा वा क्षति भएमा जनप्रतिनिधि र कर्मचारीबाट क्षतिपूर्ति भराइने
सर्लाहीको मलंगवा नगरपालिकाले सरकारी सवारी साधन प्रयोगको क्रममा हराएमा वा क्षति पुगेमा सम्बन्धित कर्मचारी वा जनप्रतिनिधिलाई क्षतिपूर्ति तिराउने भएको छ ।
नगरपालिकाले जुनसुकै समयमा पनि गाडी प्रयोग गर्दा हराएमा वा क्षति पुगेमा सम्बन्धित प्रयोगकर्ताबाट क्षतिपूर्ति असुलउपर गर्ने निर्णय भएको जनाएको छ ।
जारी सूचनामा भनिएको छ, ‘जुनसुकै समयमा पनि सवारी साधन प्रयोग गर्दा हरायो वा क्षति भयो भने प्रयोगकर्ताबाट सवारी साधनको क्षतिपूर्ति असुलउपर हुने जानकारी गराइन्छ ।’
नगरपालिकाले जनप्रतिनिधिसहित विभिन्न कर्मचारीलाई उपलब्ध गराइएको दुई तथा चार पाङ्ग्रे सवारी साधन कार्यालय समयबाहेक र बिदाको दिनमा प्रयोग नगर्नसमेत निर्देशन दिएको छ ।
टिप्पणीहरू