माइतीघरमा आत्मदाहको प्रयास गर्ने युवक पक्राउ
आफैँलाई आगो लगाउन खोज्ने एक व्यक्तिलाई प्रहरीले माइतीघर मण्डलाबाट नियन्त्रणमा लिएको छ ।
शरीरमा मट्टीतेल खन्याएर आगो लगाउने प्रयास गर्दागर्दै प्रहरीले एक युवकलाई समातेर भ्यानमा हालेको हो । युवकको परिचय खुलेको छैन ।
केही घण्टाअघि प्रहरीले सोही ठाउँबाट निकोलस भुसालसहित १४ जनालाई नियन्त्रणमा लिएको थियो । सरकारले जेन-जीको माग सम्बोधन नगरेको भन्दै प्रदर्शन गर्न खोज्दा उनीहरू समातिएका हुन् ।
सुरक्षा खतरालाई मध्यनजर गर्दै प्रहरीले आज माइतीघरमा कुनै पनि प्रदर्शन गर्न र भीड जम्मा हुन दिएको छैन । त्यस क्षेत्रमा बिहानैदेखि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।
टिप्पणीहरू