एमआरआई खरिदमा १२ करोड घोटाला, पूर्वउपकुलपतिसहित १३ जनाविरुद्ध मुद्दा

एमआरआई खरिदमा १२ करोड घोटाला, पूर्वउपकुलपतिसहित १३ जनाविरुद्ध मुद्दा

दाङको घोराही उपमहानगरपालिकास्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति प्रा.डा.संगिता भण्डारी भ्रष्टाचारमा तानिएकी छन् । उनीसहित १३ जनाविरुद्ध आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । 

मुद्दा चलाइएकामा तत्कालिन कामु रजिष्ट्रार झन्कार लामिछाने, फाईन्यान्स मेनेजर कैलाशप्रसाद देव, बायोमेडिकल इन्जिनियर शरद भण्डारी र अमितकुमार चौधरी, डेपुटी फाइनान्स मेनेजर नितिन कुर्मी, शाखा अधिकृत छायाँ डिसी र श्रीराम चौधरी छन्। 

त्यस्तै, प्रतिष्ठानका आईटी अफिसर हिरालाल भण्डारी, सिभिल इन्जिनियर मदन भण्डारी, वरिष्ठ सहायक अन्जु शर्मा, बायोमेडिकल इन्जिनियर सुजाता भट्टराई र लुम्बिनी हेल्थकेयर प्रालिका अध्यक्ष पोष्टराज ज्ञवालीउपर पनि मुद्दा दर्ता भएको छ । 

उनीहरूले आपसी मिलेमतोमा कम गुणस्तरको एमआरआई मेशिन किनेर १२ करोड सात लाख ६ हजार ९४६ रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको ठहर छ । आरोपपत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम उक्त रकम असुलउपर गरी प्रतिवादीहरूलाई कैद र जरिवानाको सजाय मागदाबी गरिएको छ ।

टिप्पणीहरू