दक्षिण सुडानमा फेरियाे सैन्य टाेली

दक्षिण सुडानमा फेरियाे सैन्य टाेली

संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत दक्षिण सुडानमा शान्ति स्थापना कार्यमा खटिएको नेपाली सेनाको टोलीमा अदलीबदली गरिएको छ।

राष्ट्रसंघको आह्वानमा ‘युनाइटेड नेसन्स मिसन इन साउथ सुडान’ (UNMISS) मा खटिन नयाँ गोरख गणको १५औं डफ्फा आज त्यहाँ प्रस्थान गरेको हो।

सैनिक निर्देशनालयका अनुसार एक सय ६५ जना शान्ति सैनिकको टोली मिसन इलाका प्रस्थान गरेको हो। त्यस्तै, आफ्नो कार्यकाल पूरा गरी श्रीनाथ गणको १४औं डफ्फाका एक सय ७६ जना सैनिक स्वदेश फर्किएका छन्।

टिप्पणीहरू