‘धादिङको कुनै पनि सडकखण्ड अवरुद्ध छैन’
धादिङको गजुरी गाउँपालिका–५, घाटवेशीमा खसेको पहिरो पन्छाइएको छ। पहिरोका कारण मुग्लिङ–काठमाडौं सडकखण्ड दुईतर्फी रुपमा अवरुद्ध भएको थियो ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार स्थानीयको सहयोगमा पहिरो हटाइएसँगै सडक सञ्चालनमा आएको छ ।
प्रहरीले थप जानकारी दिँदै भनेको छ, ‘हाल धादिङको कुनै पनि सडकखण्ड अवरुद्ध छैन ।’
टिप्पणीहरू