जहाजको टिकट नपाउँदा मन्त्रीको यात्रा स्थगित

जहाजको टिकट नपाउँदा मन्त्रीको यात्रा स्थगित

गृहमन्त्री ओमप्रकाश अर्याल र भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङको इलाम यात्रा रोकिएको छ ।

काठमाडौँदेखि भद्रपुरसम्मको नियमित उडानको हवाई टिकट नपाएपछि उनीहरू रोकिनुपरेको हो । 

बाढी पहिरोको कारण इलाममा मात्रै तीन दर्जनभन्दा बढीको मृत्यु भइसकेको छ भने कतिपय अझै वेपत्ता छन् । मन्त्रीद्वय बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न आज बिहान नियमित उडानमार्फत झापा जाने र त्यहाँबाट हेलिकोप्टरमा इलाम पुग्ने कार्यक्रम तय भएको थियो ।

तर, बिहानको टिकट नपाएर रोकिएका मन्त्री अर्याल र घिसिङ अब अर्को टिकट मिलाएर जाने तयारीमा रहेको बताइएको छ । 

शुक्रबार र शनिबारको अविरल वर्षाको कारण सबैभन्दा बढी कोशी प्रदेशमा पुगेको सरकारी अधिकारीहरुले बताएका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार इलाममा मात्रै १६ पुरुष र २० महिलाको ज्यान गएको छ । 

पहिरोको कारण पाँचथरमा ठूलो क्षति पुगेको छ । अहिले प्रभावित क्षेत्रमा सशस्त्र र नेपाली सेनाले उद्धार तथा खोजी कार्य गरिरहेको बताइन्छ ।

टिप्पणीहरू