सेनालाई सय रुप्पेको गोली, त्यसैमा भर्दै झोली
सामान्यतयाः सेना र सुरक्षा निकायको हातहतियार खरिदको विषय सार्वजनिक नहुने भएकाले सर्वसाधारणलाई त्यसबारे थाहा हुँदैन । भित्रभित्रै गरिने यस्ता कारोबारमा बिचौलिया–दलालहरुको रुची र सहभागिता अधिक हुने भएकाले गुपचुप गरिनु स्वाभाविक नै हो ।
त्यस्तै एउटा भित्री कारोबार नेपाली सेनासँग जोडिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख लगानीकर्ता मानिने चर्चित व्यापारी तथा गौतम अडानीको कम्पनी अडानी ग्रुपको गुजरातस्थित पीएलआर सिस्टम इण्डियाले कानपुरबाट नेपाली सेनालाई आपूर्ति गरेको ३० लाख थान गोलीगठ्ठाको कथा हो यो ।
एक महिनाअघि सेनालाई प्रति गोटा रु.एक सयका दरले ३० लाख गोली हस्तान्तरण गरिएमध्ये १५ लाख गोटामा कैफियत भेटिएको उच्च स्रोतको दाबी छ । उक्त गोलीको कारोबार २६ करोड दुई लाख ४८ हजार ३२० रुपैयाँ बराबर अर्थात भारु. १६ करोड २६ लाख ५५ हजार २०० रुपैयाँमा भएको थियोे । एक महिनाअघि नेपाली सेनालाई बुझाइसकिएको गोलीमा आधा परिमाणको गुणस्तर परीक्षण गर्दा कैफियत देखिएको छ । ती गोलीमा न बनाइएको मिति उल्लेख छ,न प्रकार,न निर्माता कम्पनीको नाम र हद म्यादसम्बन्धी कुनै जानकारी नै उल्लेख छ । यहाँ सम्म कि कति एमएमको गोली भन्ने पनि खुलाइएको छैन ।
चार वर्षअघि सशस्त्र प्रहरी बल नेपालका लागि बिचौलिया दीपक भट्टले यही तरिकाबार तीन सय रुपैयाँका दरले २० लाख थान गोली ल्याएका थिए । यस पटक कानपुरबाट भगवती ट्रेडर्सका नाममा आएको उक्त गोली बुझ्ने काम सैनिक मुख्यालयको तर्फबाट सहायक रथी द्रव्यराज भण्डारीले गरेको बताइन्छ । कारोबारमा संलग्न द्रव्यराज प्रधान सेनापति अशोकराज सिग्देलका सम्धी यादव कुँवरका पृय हुन् ।
बुझाइसकिएको गोलीमा आधा परिमाणको गुणस्तर परीक्षण गर्दा कैफियत देखिएको छ । ती गोलीमा न बनाइएको मिति उल्लेख छ,न प्रकार,न निर्माता कम्पनीको नाम र हद म्यादसम्बन्धी कुनै जानकारी नै उल्लेख छ । यहाँ सम्म कि कति एमएमको गोली भन्ने पनि खुलाइएको छैन ।
यता गोली आयातमा संलग्न एजेन्टका मुख्य मान्छेले दलालहरुको आँखा हुँदैन भनी बताएपछि सेनाभित्रै ठूलो विवाद उत्पन्न भएको छ । जेन जी उपद्रवको क्रममा कताबाट र कुन प्रकारको गोली चलाइयो भन्ने प्रश्न उठिरहेको बेला, सेनाका नाममा यस्ता गोली ल्याइएको विषय बाहिर आउँदा अनेक तर्कना हुनुलाई अस्वभाविक ठानिँदैन ।
अब प्रश्न उठ्छ,सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले यसमा ध्यान दिन्छ कि दिँदैन ? छानबिन गर्छ कि गर्दैन ? श्रोतले शंका गर्दै भन्यो, ‘दशैं खर्च जुटाउन लागियो कि ?’ सेनासँगको पत्राचारमा गोली उपलब्ध गराउने कम्पनीको इमेल आइडीमा ‘अडानी डटकम’ लेखिएको छ । अडानी समूहले गोलीगठ्ठा पनि आपूर्ति गर्ने गरेको यसबाट छर्लङ्ग हुन्छ ।
भदौ अन्तिम साताको जेन जी ध्वंशमा धेरैजसोको घर,व्यवसाय खरानी बनाइँदा उनै भट्ट मात्र एक्लो बृहस्पतिको रुपमा देखिएका थिए । जेन जी आक्रमणलाई विश्लेषण गर्दा यो मुलुकमा सबैभन्दा चोखा र इमान्दार बिचौलिया दीपक भट्ट मात्र रहेको अर्थ लाग्नसक्छ ।
मीनबहादुर गुरुङ्ग,चन्द्र ढकाल,वसन्त चौधरीहरुको घर,व्यवसाय खरानी हुँदा भट्टको किंग्स कलेज,इन्फिनिटी होल्डिङ्स,सानेपास्थित किरण भवन सकुशल छन् । त्यो दिन उनका घर र व्यवसाय नजिकै पुगेका विध्वंशकारीहरु वीचैमा फर्काइएका थिए । सुदन गुरुङ्गको हामी नेपालको लगानीकर्तामा यिनै दिपक भट्टको पनि नाम देखिन्छ ।
भट्टले कमलपोखरीको मार्कोपोलो बिल्डिङ्गमा अफिस,बिजुली बजारमा किंग्स कलेज,इन्फिटी होल्डिङ्सजस्ता सँस्था खडा गरेका छन् । राणाकालका सेनापति किरण समशेरको घर किन्ने पनि यिनै हुन् । गोली आयात र त्यसको स्पेसिफिकेसनमा परेको अन्तरबारे नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् । जनआस्थासँग उनले भने,‘त्यसबारे मलाई केही जानकारी भएन । के रहेछ बुझ्छु ।’
टिप्पणीहरू