रविसँगै भागेका सहकारीका अध्यक्ष समातिए
जेन–जी विध्वंशको मौका छोपेर नख्खु कारागारबाट भागेका शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । उनलाई आज ललितपुरको सानेपाबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले समातेको हो । सिआईबीका अनुसार शर्मालाई नख्खु कारागार बुझाइएको छ ।
शिवशिखर सहकारी ठगी प्रकरणमा उनी अदालतको आदेशबाट पुर्पक्षका लागि कारागार चलान भएका थिए । भदौ २४ गते आन्दोलनको मौका छोपेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले नख्खु जेलमा रहेका सभापति रवि लामिछानेलाई छुटाउँदा उनी पनि भागेका थिए ।
टिप्पणीहरू