ईभी भेहिकलपछि चार्जिङ नेटवर्कमा चीनको छलाङ
चीन विश्वकै सबैभन्दा धेरै विद्युतीय सवारीसाधन (ईभी) चार्जिङ नेटवर्क भएको मुलुक बनेको छ । चीनको १४ औं पञ्चवर्षीय योजना (२०२१–२०२५) सम्ममा स्थापना भएका ती केन्द्र विश्वका अन्य सबै मुलुकमा भन्दा दोब्बर देखिन्छ ।
चनियाँ सञ्चारमाध्यमहरुका अनुसार हालसम्म चीनमा ३५ लाख ८० हजार चार्जिङ पोइन्ट निर्माण भइसकेका छन् । क्षमताका हिसाबले यो संख्या विश्वका अरु सबै मुलुकका तुलनामा झन्डै दोब्बर हो ।
अमेरिकामा हालसम्म दुई लाख चार्जिङ पोइन्ट निर्माण गरिएको छ । युरोपका सबै मुलुकमा गरेर कुल १० लाख ३० हजार त्यस्ता पोइन्ट बनाइएको बताइन्छ ।
टिप्पणीहरू