भूकम्पमा ज्यान गुमाउनेको संख्या छ सय नाघ्यो, घाइते १५ सयभन्दा बढी

भूकम्पमा ज्यान गुमाउनेको संख्या छ सय नाघ्यो, घाइते १५ सयभन्दा बढी

अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या छ सय नाघेको छ । गएराति ११ः ४७ मा गएको ६ म्याग्नेच्युडको भूकम्पमा हालसम्म ६२२ जनाको मुत्यू र १५ सयभन्दा बढी घाइते भएको बताइएको छ । 

अफगानिस्तान र पाकिस्तानको पूर्वी सिमानालाई केन्द्र विन्दु बनाएको भूकम्पले चार सय किलोमिटर टाढा रहेको इस्लामावादलाई समेत हल्लाएको थियो । भूकम्प प्रभावित क्षेत्रमा तालिवानी सेना र सुरक्षाकर्मीले उद्धार थालेका छन् । 

तालिबानी सरकारका प्रवक्ताका अनुसार मृतक र घाइतेको संख्या बढ्न सक्ने देखिएको छ । भूकम्पले कुनार प्रान्तमा ठूलो क्षति पुर्याएको छ ।

टिप्पणीहरू