१५ लाखको भारतीय गाडीमा ७ लाखको कपडा

१५ लाखको भारतीय गाडीमा ७ लाखको कपडा

सिरहामा भारतबाट ल्याइएको अवैध कपडा बरामद गरिएको छ । लहान नगरपालिका–१९, छारापट्टि चोकमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेसको मोबाइल टोलीले भारतीय स्करपियोसहित कपडा बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको छ ।

सशस्त्र प्रहरी नायव उपरीक्षक विजयकुमार चौधरीको कमाण्डमा रहेको मोबाइल टोलीले ठाडी–लहान भित्री सडकखण्डमा सवारीसाधन चेकजाँच गर्ने क्रममा कपडा फेला पारेको हो । सुरक्षाकर्मीले रोक्न खोज्दा बिआर ०१ पिबी ४६४२ नम्बरको सेतो स्करपियो गाडीलाई तीव्र गतिमा भगाइएको थियो ।

सशस्त्रको टोलीले पछ्याउँदै जाँदा उक्त गाडी लहान नगरपालिका–१९ कटाहा चोकमा बेवारिस अवस्थामा फेला परेको हो । सशस्त्रका हनुसार चालक फरार भएको छ भने गाडीको मूल्य १५ लाख र कपडाको मूल्य ७ लाख ४ हजार ८५० कायम गरिएको छ ।
 

टिप्पणीहरू