घटना बताएपछि मुख्य आराेपीकाे निधन

घटना बताएपछि मुख्य आराेपीकाे निधन

रौतहटको रुवी साह हत्या प्रकरणका मुख्य आरोपी लक्ष्मण पासवानको मृत्यु भएको छ । आज बिहान माधवनारायण नगरपालिका–२ स्थित घर नजिकै जलेको अवस्थामा फेला परेका उनको साँझ निधन भएको छ । 

प्रहरीले उनलाई उपचारको निम्ति तत्काल गरुडास्थित बेटर नेपाल हस्पिटल पुर्याएकोमा त्यहाँबाट कीर्तिपुरस्थित बर्न सेन्टर रिफर गरिएको थियो । तर अस्पतालले उपचारको क्रममै पासवानको मृत्यु भएको जनाएको छ । 

पारिवारिक कलहपछि सन्तानको अध्यनका लागि माधवनारायण नगरपालिका–६ मा बस्दै आएकी रुवीको शव सडकछेउमा सुटकेशभित्र भेटिएको थियो । उनको हत्याको आरोपमा प्रहरीले आज बिहान पासवानलाई नियन्त्रणमा लिएको हो । 

तर शरीरमा आगो लगाउनुअघि उनले १० मिनेट लामो भिडियो बनाएर घटनाको फेहरिस्त सुनाएका थिए । रुवीकै परिवारको कारण घटना निम्तिएको पासवानको दावी छ । तर, मुख्य अभियुक्त भनिएका उनले देहत्याग गरेपछि घटना थप रहस्यमय बन्न पुगेको हो ।

टिप्पणीहरू