कसले लगायो विद्याको पोल ओलीलाई ?
अहिलेसम्म मिलेरै सबै राजनीतिक उतारचढावलाई पार लगाएका प्रधानमन्त्री केपी ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच कसरी कुरा बिग्रियो भन्नेहरू थुप्रै भेटिन्छन् ।
यस्तै कुराको खोजी हुँदै जाँदा अनेरास्ववियुमा क्रान्तिकारी छवि बनाएर एमालेको राजनीतिमा जमेकी शिवमाया तुम्बाहाम्फेतिर निशाना सोझिएको छ । अर्थात तेह्रथुम जन्मथलो भएर झापाबाट राजनीतिक उडान भरेकी शिवमायालाई ओली र भण्डारीबीच तिक्तता ल्याउने प्रथम पात्रका रूपमा प्रस्तुत गरिएको छ । शिवमायाको सम्बन्ध र सम्पर्क विद्या भण्डारीसँगै बढी थियो । ओली र भण्डारीकै जोडबलमा उनलाई उपसभामुख बनाइएको पनि एमालेजनलाई राम्ररी थाहा छ । पछिल्लो समय उनै शिवमायामाथि ओलीसँग भण्डारीको झगडा पारेको आरोप लागेको छ ।
गत दशैंताका विद्या भण्डारीका माइलो भाइको अमेरिकामा निधन भएलगत्तै केपी ओलीसहितका पारिवारिक नेता सान्त्वना दिन भङ्गाल गइरहेका थिए । १३ दिनको काम सकिएको केही दिनपछि शिवमायाले सरिता न्यौपानेलाई पनि ‘ल जाम’ भनेर त्यता पुर्याइन् ।
‘तीन जनाले माथि किचनमा खाना बनाउने र खाने क्रममा गफ भएछ । त्यही बेला सरिता न्यौपाने निस्किएपछि विद्या र शिवमायाँबीच खासखुस कुरा भएछ’ स्रोतले भन्यो, ‘के कुरा गरे भन्ने त थाहा भएन । पछि एक्कासी ओलीले विद्या भण्डारीलाई ‘तपाईं त मसँग चुनाव लड्ने रे हो ?’ भनेर व्यङ्ग्य हान्नुभएछ । त्यसपछि तनाव विस्तारै बाहिर आउन थाल्यो ।’ सरिता न्यौपाने एमालेमा केन्द्रीय सदस्य छिन् । पहिला विद्या भण्डारीको पीए थिइन् । भण्डारीले किन यसो भन्नुभयो भनेर सोद्धा ओलीले शिवमायातिर देखाएछन् । ओलीले विद्या भण्डारीसँग उनको नाम लिएर कुरा गरेपछि सम्बन्ध चिसिँदै गएको नेताहरू दावी गर्छन् ।
ओलीले ‘शिवमाया भेट्न आउँदा तपाईंले यसो भन्नुभएछ हैन ?’ भनेर सोधेछन् । ‘अनि शिवमायाले गएर त्यही कुरा शंकर पोखरेललाई भनिछन् । महासचिवले मलाई आएर भन्नुभयो, अनि मैले तपाईंसँग कुरा गरेको भनेर केपी ओलीले भनेको भन्नेसम्म हामीले सुन्यौं’ स्रोतले भन्यो । ‘विद्या भण्डारीले म र केपी ओलीबीच चुनाव भयो भने तपाईंले कसलाई भोट हाल्नुहुन्छ ? भनेर सोध्नुभयो भन्दिछन् शिवमायाले अनि कुरा बिग्रँदै गयो भनेर धेरैले भन्न थालेका छन्– स्रोतले भन्यो । शिवमायालाई उपसभामुख भए पनि कोरियाको लागि राजदूत सिफारिस गर्दा पूर्वमन्त्रीहरूलाई जसरी ठूलो देश दिइएन ।
काठमाडौंका एमाले अध्यक्ष दीपक निरौला सम्झन्छन्– ओली र भण्डारीबीच जुन टोलीले वार्तामार्फत सम्बन्ध विकास गराउन खोजेको थियो उसैले यसरी शिवमायाले कुरा लगाएको पत्ता लगाएको ती नेता बताउँछन् । शिवमाया कोरियाको लागि राजदूत भएको त्यसअगाडि नै हो । तर, जाने कि नजाने दोधारमै थिइन् । किनकि उपसभामुख, भूमि व्यवस्था, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भइसकेको व्यक्तित्वलाई जुनियरले खाने कोरियाको राजदूतमा रुची थिएन । ‘मन्त्री भइसकेकोले त कि चीन जानुपर्यो, कि भारत’, स्रोतले भन्यो, ‘त्यस्तो नभएपछि उनी सायद असन्तुष्ट थिइन् ।’
टिप्पणीहरू