जसले कम्युनिष्टलाई देखिसहेनन्

जसले कम्युनिष्टलाई देखिसहेनन्

बिचौलिया दीपक भट्टको सिफारिस र देउवाका पुरोहितको छोरो हुनुबाहेक बीमा प्राधिकरणजस्तो अत्यन्तै महत्वपूर्ण र संवेदनशील नियामक निकायको अध्यक्ष बन्न योग्यता, दक्षता र अनुभव नभएका शरद ओझा अन्ततः पदमुक्त भएका छन् । 

शरद ओझाको बर्खास्तीसँगै अब दिपक भट्टको एउटा योजना पनि तुहिने भएको छ । उनीहरूको योजना हालका गभर्नर विश्व पौडेलको कार्यकाल सकिएपछि सशिल भट्टलाई गभर्नर बनाउने र लगानी बोर्डमा शरद ओझा जाने योजना थाहा पाएका एक अधिकारीले भने– अध्ययन गर्दै जाँदा त ऊ अनलाइनको संवाददाता पो रहेछ । आवश्यकता थियो सम्बन्धित क्षेत्रमा उच्च व्यवस्थापकीय अनुभव भएको तर । जम्माजम्मी कहिले करार त कहिले जागिरेका रूपमा अनलाइन र पत्रिकाहरूमा काम गरेका रहेछन् । 

एक सदस्यका अनुसार अध्ययन समितिले कुपण्डोलस्थित बीमा प्राधिकरणको कार्यालयमा स्थलगत निरीक्षण नै गरेको थियो । सो क्रममा शरदले जिम्मेवारी सम्हाल्नुअघिका साढे ४ महिना र उनी आएपछि चार महिनामा भएका काम, कारवाही, गतिविधि, शैली र त्यहाँको कार्य वातावरणमाथि बुझ्ने काम भएको थियो । यसरी गरिएको तुलनात्मक अध्ययनमा उनले उनले त्यहाँको विधि प्रक्रिया र पद्धतिलाई नै पूर्ण रुपमा लथालिङ्ग बनाएको भेटियो । 

शरदले त्यहाँ पुग्नेबित्तिकै सबै कर्मचारीलाई राखेर भनेका थिए, ‘म यो कार्यालयमा कम्युनिष्ट जातका मानिस हेर्न चाहन्न, देख्न सक्दिन ।’ यसरी राजनीतिक रुपमा पूर्वाग्रही बनेका ओझाले जिम्मेवार अधिकारीहरूलाई काम नदिई छुट्टै सचिवालय खडा गरेर सोमार्फत नै टिप्पणी उठाउने र प्रक्रिया पूरा नगरी निर्णय गर्ने गरेको देखियो ।
 

टिप्पणीहरू