एसबिआई बैंकका कार्डवाहकलाई होटल - अस्पतालमा छुट

एसबिआई बैंकका कार्डवाहकलाई होटल - अस्पतालमा छुट

नेपाल एसबिआई बैंकले दुई होटल र एक अस्पतालसँग छुटसम्बन्धी सम्झौता गरेको छ। काठमाडौंस्थित रामदा इनकोर, होलिडे इन रिसोर्ट र हिमाल डेन्टल हस्पिटल एण्ड दन्त विज्ञान संस्थानसँग बैंकले छुट सम्झौता गरेको हो।

सम्झौता अनुसार, बैंकका कार्डवाहकले रामदा इनकोर र होलिडे रिसोर्टमा खाना, पेय पदार्थ तथा आवासलगायत सेवासुविधामा १५ प्रतिशतसम्म छुट पाउनेछन्। यस्तै, हिमाल डेन्टल हस्पिटल एण्ड दन्त विज्ञान संस्थानबाट प्रदान हुने सेवामा २० प्रतिशतसम्म छुट प्राप्त हुनेछ।

सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, रामदा इनकोरकी निर्देशक सीता रायमाझी, होलिडे रिसोर्टका निर्देशक बिख्यात राणा र हिमाल डेन्टलका प्रबन्ध निर्देशक राजेन्द्रप्रसाद भट्टले हस्ताक्षर गरेका छन्।

३२ वर्षदेखि सेवा प्रदान गर्दै आएको नेपाल एसबिआई बैंकका देशभर १०१ शाखा, २२ एक्सटेन्सन काउण्टर, २० शाखारहित बैंकिङ्ग, सात प्रादेशिक कार्यालय, १२५ एटीएम र एक कर्पोरेट कार्यालय सञ्चालनमा छन्।
 

टिप्पणीहरू