सेनाका मेजरहरुको आँशुले नपिरोस् श्रीमान् !
निजामतीमा ग्रेड सकिएपछि स्वतः फाइल बढुवा हुन्छ । सेना भने आफ्नै तलब कटाएर कल्याणकारी चलाउँछ, भूकम्पमा धरहरा बनाउन दश दिनको तलब काटेर गौरव समशेरले साइकल कुदाउँछन् । अहिले जंगी अड्डाको हटसिटमा बस्ने प्रभुहरु ! प्रमोशन नदिए पनि ग्रेड सकिएकोलाई तलब स्केल त बढाइदेऊ, घर त चल्न देऊ ! हवल्दारलाई जमदार र मेजरलाई कर्णेलमा अनिवार्य बढुवा दिई २० वर्षमा राजीनामा दिन पाइने वातावरण बनाइदेऊ । प्रहरीतर्फ बिना तालिम नि कार्यक्षमताबाटै प्रथम श्रेणीको अधिकृत हुन्छ । एनडिसी गरेका जर्नेलले भन्दा डिआइजी र एआइजीहरुले स्पष्ट र ज्ञानवद्र्धक छलफल गर्छन् । राजीनामा जान्छु भन्नेलाई युएन मिशन र १ तह प्रमोशन दिँदा कसको के जान्छ ? कर्णेललाई मिशनमा दोहोर्याउनैपर्ने आधार के ? के गणपति तालिम र फष्र्ट ग्रेड तालिम राशन मनी र फिटिङ गर्नलाई नै खुलेको हो ? प्रमोशन नहुने भए किन तालिम दिएको ?
दोस्रो श्रेणीको अधिकृत भएको १३ वर्ष भयो । ०६९ सालमा अहिलेका कनिष्ठ कर्णेलहरु लप्टन थिए, ५१ बेसिक खरिपाटीमै थिए । तर अहिले हजारौं मेजरलाई दोस्रो पटक जान नदिई कर्णेलहरु गणपति कमाण्ड सकेर तेस्रो पटक शान्ति सेना जाँदैछन् । छनोटको योग्यतामा परेका कर्णेल राजु कार्कीले आफ्नै मेजरको लात खाएको, अशोक बरालले रक्सी र महिला सिपाही ताकेको, दिलिप राउत सम्भारमा बसेको, दिपक टण्डनले चिफको आशिर्वाद पाएको, विमल श्रेष्ठ सञ्चारको बाठो भएको– यही हो क्राइटेरिया ? युनिट धान्ने नन स्टाफ कलेज, हेडक्वार्टर, बाहिनी र पृतनाका स्टाफ पनि नन स्टाफ कलेज । सधैं जर्नेल, कर्णेलले घिउ खाइरहने, मेजरले चाहिँ फोहोर सोहोरिरहने हो ? यस्तै प्रवृत्तिले गर्दा डर बढ्यो, निर्णय क्षमतामा ह्रास आयो ।
सबै उपरथी तीनतारे र चिफसापको कार्यक्रममा उभिने, एक दुई दिन अगावै रिहर्सलमा समेत सरिक हुने अनि कार्यालयको काम अपरान्हबाट शुरु भएर अबेरसम्म चल्ने । उनीहरुलाई पिएसओज मिटिङमा आज कार्कीले के खाजा दिन्छ भन्ने कौतुहल, हामीलाई चाहिँ समयमा घर नपुगेर परिवारलाई भान्छामा सहयोग गर्न नपाइने पीर । हरेक मिशन फोरकास्टमा अब त हाम्रो पनि पालो आउला भन्ने सपनाको चीरहरण हुँदा रमाइलो लाग्छ ।
जरसाप, आफ्नै जुनियरको सहुलित खोसेर ? सुरक्षा संवेदनशीलताको ख्याल नगरी जंगी अड्डाबाट सिद्धार्थ होटल हटाएर कार्की क्याटरिङ ल्याउन गरेको मेहनत जति शायद पेन्सन पाकेका मेजरको भविष्यबारे अलिकति सोचेको भए संस्था कस्तो हुन्थ्यो होला ? मिलिटरी अब्जर्भर पाउन पच्चिस वर्ष कुर्नुपर्ने ?
समायोजन टोलीलाई डराएर हाल्ने, ४३ बेसिकलाई भने सुविधामा ढिलाई र जंगल वारफेयर गराउने, माओवादीनिकट बाबुराम श्रेष्ठ, कवाडी ठेकेदार दिपक बानियाँ, पृतनाको हकमा अन्तर्गतबाट मासिक उठाउने कृष्ण जिसी, आफूअन्तर्गत बाहिनीपतिले कमाउँदा बोल्न नसक्ने मधुकर कार्की, दैनिक ब्ल्याक लेबल खाएर छुसछुस युनिट चहार्ने हरेन्द्र पाठक, छड्के हान्ने ल्याङल्याङे प्रेम पुन, भेगी छुटाउने मान महरा, काँठे रुचाउने र फस्र्ट क्लासलाई मात्र हिँड्न बाटो छुट्याउने, गणको अधिकृत बिदा चेक गर्ने रविन्द्र खत्री, सुवेदार मेजरको सगुन लिने रामचन्द्र कार्की, चिनजानलाई मात्र बढी नम्बर दिएर स्टाफ कलेज पास गराउने दिपेशजंग शाह, ठकुरीलाई मात्र सर्वोत्कृष्ट ठान्ने सुरेश हमाल, लेबनानको रक्सी डिलर टिकटके सञ्जय देउजा, लुम्बिनी प्रदेश र स्याङ्जा जिल्ला रोज्ने, चिफसाबलाई समस्या सुनाउने बाटो छेक्ने पूर्ण खत्रीहरु आतंककारी भन्दा उग्र र भाइमारा भएनन् ?
सबैलाई खराब भनेको होइत । नारायण थापा, सुरज गुरुङ, बसन्त गौतम, अनिल बुढाथोकी, राजेश थापा, सुनिल सुवेदी, प्रतिकसिंह कार्कीजस्ता अफिसर पनि यही फौजमा छन् । राजन दाहाल, दिनेश अधिकारी, जनमत कार्की, हिमालय थापा, विमल वाग्ले, विजय थापा, दिपेन्द्र न्यौपाने, गौरवध्वज खाँण र कति महिला अधिकृतले पहिले नै आउने प्रश्न थाहा पाएर र लेक्चरेटबापतको ८० नम्बर पाएर कसरी स्टाफ कलेज पार लगाए भन्ने तथ्य जगजाहेर नै छ । यसरी स्टाफ कलेज पास टोलीलाई मिशन पनि दोहोर्याउने, उनीहरुलाई नै पैसा आउने ठाउँमा पठाउने नीति छ । नीति संस्थाले सकलदर्जाको हितमा बनाउने र मानव निर्मित कुरा हैन र ? तलका हामीलाई त हेरेनौ, हामीमा आश्रित श्रीमती र छोराछोरीको अवस्था त बुझिदिनु ! हेरविचार गर्नु भनेको पंकज कार्की जर्नेलले जस्तो जुनियरको बूढी हेर्ने होइन नि ! मूल्य, मान्यतामा अडिग रहेर व्यवहार बुझ्ने भनेको हो ।
अन्त्यमा
सेना फेरि कसैको भएन, न राजाको न देशको
भ्रष्टाचार नीतिगत भयो, व्यक्तिगत स्वार्थ रह्यो जर्नेलको ।
अनुशासन भाषण भयो, विकास कल्याणकारी मात्र आकर्षक र मादर्श भो ।
पशुपतिले धानेको देश, भविष्य मात्रै अन्योलको भो ।
न नीति निर्माणमा आफ्नो छ कोही ।
न पेट भर्ने, डाडु पन्युँ चलाउने छ कोही ।
बेसहारा कि टुहुरा भनम हामी ज्येष्ठ सेनानी ।
माया र सहाराको अभावैमा रह्यो निर्माेही ।
परिवार छ डेरामा, बिदा छ सञ्चित ।
मन छ घरमा, कर्म छ अन्ततः ।
जर्नेलको बदनियत, योजनाले नै विक्षिप्त ।
करियरले संस्था मर्यो सुरक्षा नै क्षतविक्षत ।
देश रक्षा भद्दा मजाक बन्यो, आइएनजिओको ब्रिफिङमा
सिपाही झोले भयो भाटभटेनीमा, रानीसापको सपिङमा ।
स्वाभिमान गिर्दैछ है सिपाहीको, शून्य छ आत्मसम्मान
राष्ट्रियताको आवरणमा सेनाभित्र संकिर्ण र कंकालमा छ वर्तमान ।।
टिप्पणीहरू