भैरहवा जेल जहाँ चल्दै छ अचम्मको खेल

भैरहवा जेल जहाँ चल्दै छ अचम्मको खेल

सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका रवि लामिछानेले त्यहीं सचिवालय चलाएका छन् । रास्वपा सभापतिसमेत रहेका रविलाई भेट्न चाहेमा जेलर सुरेश भण्डारीको अनुमति लिएर पुग्दैन । जेलभित्रै बस्ने रविका स्वकीय सचिव अभिनाष आचार्यसँग अनुमति लिनुपर्ने हुन्छ। 

यसरी जेलभित्र पनि स्वकीय राख्ने पूर्वउप्रधान तथा गृहमन्त्री लामिछानेले गत चैतमा सहकारी ठगीअन्तर्गत जेल परेपछि आएको २ दिनमै गर्मी भयो भन्दै एसी जडान गरेका थिए । गोयन्का कम्पनीको एक टनको एसी जडित कोठामा बस्दै आएका रविलाई जो कसैसँग भेट्न र जेलरको मोबाइलबाट जताततै फोन गर्न छूट छ । यहाँ कैदी र थुनुवा गरी ६ सय ३१ जना छन् । जबकि तिनीहरूलाई कसैले भेट्न चाहेमा तोकिएको समय र दिनमा मात्रै जेलरले अनुमति दिने गर्छन् ।
कुनै पनि कैदीलाई एसी सुविधा नदिइएको उक्त कारागारमासँगै सोहि मुद्धामा थुनिएका पूर्व डिआइजी छविलाल बञ्जाडेलाई भने न एसीको व्यवस्था छ न त कुलरकै ! त्यहाँ पंखा मात्रै राखिएको छ । 

जेलभित्र पनि किन झुट ?

यतिबेला आमसञ्चारमा प्रमाणसहित रविले एसी प्रयोग गरेको, पत्रपत्रिका पढ्न चाहे कारागार प्रशासनले मात्रै होइन उनको स्वकीयले नै व्यवस्थापन गर्ने गरेको, यहाँसम्म कि भेट्न अरु कैदीबन्दीलाई तोकिएको बार पर्खिनुपर्नेमा जतिबेला जति घण्टासम्म भेट्न छुट दिइएको विषयले जेलमा बसेर पनि किन झुट बोलेका होलान् भनी प्रवुद्ध व्यक्तिहरु आश्चर्य मानिरहेका छन् । मंगलबार दिनभर पनि रविकी श्रीमती निकिता पौडेलसहितको टिमले भैरहवा कारागारमा बसेर रविसँग छलफल गरेको थियो ।

टिप्पणीहरू