ताप्लेजुङमा ‘कालो सुन’
ताप्लेजुङमा ‘कालो सुन’ भनेर चिनिने अलैँचीको उत्पादनमा यो वर्ष उल्लेखनीय वृद्धि भएको छ । यसले स्थानीय किसानलाई थप उत्साहित बनाएको बताइन्छ ।
गत वर्ष ताप्लेजुङका किसानले प्रतिमन ८० हजार रुपैयाँसम्ममा अलैँची बिक्री गरेका थिए । यो वर्ष उत्पादन बढेपछि मुनाफा अझै बढ्ने अपेक्षा गरिएको छ ।

जिल्लामा करिब चार हजार ५०० हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिएको बताइन्छ । ताप्लेजुङ कृषि ज्ञान केन्द्रका अनुसार, प्रत्येक वर्ष २५ सय मेट्रिक टनसम्म अलैँची उत्पादन हुने गरेको छ । जिल्लाका ६० भन्दा बढी वडामा अलैँची खेती गरिएको छ ।
अलैँचीको उच्च मूल्य र उत्पादनमा भएको वृद्धिले आफ्नो जीवनस्तर थप सुधार हुने अपेक्षा किसानहरुको छ ।
टिप्पणीहरू