पुटिन अलास्का गएपछि ट्रम्प रूस आउने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने भएको छ । दुई नेताबीच आगामी शुक्रबार अमेरिकाको अलास्का राज्यमा हुने भेटवार्ताको तयारी थालिएको छ ।
बैठकमा रूस–युक्रेन द्वन्द्वको दीर्घकालीन शान्तिपूर्ण समाधानका विकल्पबारे मुख्य रूपमा छलफल हुने दुबै पक्षका अधिकारीहरुले दाबी गरेका छन् ।
रूसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले अलास्काको बैठकपछि पुटिन र ट्रम्पबीचको अर्को भेट रूसमा हुनेछ । यसका लागि रूसी पक्षले अमेरिकी पक्षलाई औपचारिक निमन्त्रणा दिइसकेको बताइन्छ ।
स्राेत : सीसीटिभी प्लस ।
टिप्पणीहरू