‘शंकर र विष्णु’ लागेपछि कसले रोक्ने ?
संघीय मामिला तथा सामान्य प्रशासनदेखि स्वास्थ्य मन्त्रालयसम्मले पटक–पटक काजका कर्मचारीलाई दरबन्दी भएकै ठाउँमा फर्कन पत्राचार गर्दै आएको छ । सोहीअनुसार गृह र सामान्य प्रशासनका उच्चदेखि तल्लो तहका कर्मचारी फर्किसकेका छन् तर स्वास्थ्यमातहतका एक चिकित्सकले भने वर्ष दिनभन्दा लामो समयदेखि काजमा, त्यो पनि निमित्त प्रमुख रहेर आर्थिक अनियमितता गर्दै आइरहेको भेटिएको छ ।
निजामती सेवा ऐनले कुनै पनि कर्मचारीलाई तीन महिनाभन्दा बढी निमित्त खटाउन दिँदैन तर प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडिएका ‘दुई शक्ति’ अर्थमन्त्री विष्णु पौडेल र महासचिव शंकर पोखरेल ‘दाहिना’ रहेका इन्द्र ढकालले दरबन्दी बाहिर बसेर लुम्बिनी प्रादेशिक अस्पतालको निमित्त मेसु चलाइरहेका छन्, १४ महिनादेखि । कर्मचारी संकेत नम्बर १८१६७० रहेका ढकाललाई गत बर्ष जेठ २० मा सो अस्पतालको आर्थिक र प्रशासनिक अधिकारसहित निमित्त सुपरिन्टेन्डेन्टको जिम्मेवारी दिइएको थियो ।
वर्ष दिनदेखि निमित्त रहेका ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ०८२ जेठ २३ गते दरबन्दी रहेकै सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा हाजिर हुन पटक पटक पत्राचारसमेत गरेको भए पनि ‘दुई देव’हरूको आडमा अटेरी गर्दै लुम्बिनी प्रादेशिक अस्पतालमै रजगज गरिरहेका छन् । ढकाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ०८१ असार ५ को निर्णयअनुसार, गजेन्द्रनारायण सिंह अस्पतालमा पदस्थापन भएका हुन् ।
त्यहीँ एउटा चमेनागृह सञ्चालित छ । अवधि गत ०८० कार्तिकमै सकिएको थियो । यद्यपि टेण्डरविनै म्याद पटक पटक थपिँदै आएको छ । पहिलो पटक ०८१ चैत्रसम्म विना टेण्डर म्याद थपिएकोमा पुनः प्रशासन प्रमुख राजन केसी र मेसु इन्द्र ढकालको कोमलतामा म्याद थपिएको अस्पताल स्रोतको भनाइ छ । प्रशासन प्रमुख राजन केसीको गत बर्ष सरुवा हुने भनिए पनि उनका ब्याची अधिकृत प्रेम गौतमलगायत कर्मचारी मुख्यमन्त्री कार्यालयमा हुँदा सरुवा उल्टाएर उनी त्यहाँ बस्न सफल भएका हुन् ।
उता प्रदेश गौरवको आयोजनाका रूपमा त्यहाँ १२ तल्ले भवन बन्दै छ । म्याद नपुग्दै भवन सार्नुपर्ने भएकाले सरकारी जग्गामा आफैंले भवन बनाएको दावी गर्छन् । क्यान्टिन सञ्चालक डिला रेग्मी । यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत एक अंगीकृत नागरिकताधारीको सचिव बन्ने सपनामा ‘ब्रेक’ लागेसँगै साढे एक महिनादेखि बिदामा छिन्, डा. संगीता कौशल मिश्र । पटक–पटक गरी आठ पटक विदा स्वीकृत गराइसकेकी छन् ।
उनको सञ्चित बिदा सकिएको छ । जनआस्थालाई प्राप्त कागजातअनुसार राहदानी नम्बर ००६५६४६ बाहक र नागरिकता नम्बर ०५६‑५७‑२६७ भएकी संगीता सचिव बढुवा हुने प्रतिस्पर्धामा थिइन् । भारत झारखण्डस्थित राँचीमा हुर्केकी र एमबिबिएससम्मको शिक्षा उतै हासिल गरेकी । उनका श्रीमान् राकेश सिके राउतको जनमत पार्टीमा नेता छन् । ०७० सालमा खुला प्रतिस्पर्धामार्फत एघारौं तहमा प्रवेश गर्दा अनुभवको किर्ते प्रमाण पेश गरेकी उनी ०७९ असारमा बाह्रौँ तह (प्रमुख विशेषज्ञ) मा बढुवा भएकी हुन् ।
०७० असोज १० गतेबाट सेवा प्रवेश गरेकी मिश्राले डकुमेन्ट ‘किर्ते’ गरेर बढुवा खाएको आरोपसमेत लाग्दै आएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार, बाह्रौँ तहमा खुला प्रतिस्पर्धा गर्न सात वर्ष काम गरेको अनुभव हुनुपर्ने प्रावधान छ । तर एमबिबिएस गरेको ६ वर्षमै अमेरिका पढ्न गएकी उनले सो अवधिमा अर्को किर्ते काण्डमा मुछिएका माननीय डा. सुनील शर्माको विराटनगरस्थित नोबेल अस्पतालमा काम गरेको कागजात पेश गरेकी थिइन् । उनको बिदा अवधि साउन १० गतेसम्ममा सकिएको छ ।
टिप्पणीहरू