गुप्तचरमै त छ नि गड्बडी
‘पाँच पटक, चार पटक र ३ पटक टेस्टेड भै देश खरानी पारेकाहरूको फुइँ कम्ताको छैन’ यिनीहरूको रोजीरोटीको स्रोत के हो ? कुन व्यवसायले जीविका चलेको छ जनतालाई एक पटक हिम्मतसाथ भन्नु न ! यसरी नेताहरूलाई सामाजिक सञ्जालमार्फत चुनौती दिने व्यक्ति सर्वसाधारण नभएर नेपाल सरकारको आँखा कान र नाक मानिने गुप्तचर अर्थात् राष्ट्रिय अनुसन्धान विभागका डिएसपी हुन् ।
केसी कहिलेकाहीँ काँक्रो खाएको फोटो पोस्ट्याउँदै ‘कांग्रेसहरूले सत्ता यसरी खान्थे रे पहिला पहिला’ पनि भनिरहन्छन् । अरु गुप्तचरले यस्तो लेखेको भए आचारसंहिता तेस्र्याएर जागिर जाने सम्भावना हुन्थ्यो । त्यसो त साउन ४ गते विभागकै हलमा गुप्तचर प्रमुख थापाले ब्रिफिङ गर्दै चेतावनी दिएका थिए । सबै विभागीय प्रमुखलाई राखेर गरिएको सो कार्यक्रमको सञ्चालक पनि यिनै केसी थिए । रुकुम घर भएका केसी जनार्दन शर्माको नजिक मानिन्छन् ।
गुप्तचर विभाग प्रधानमन्त्री केपी शर्मा ओलीको मातहतमा सिंहदरवारभित्रै रहेको निकाय हो । तर, के प्रधानमन्त्रीले आफ्ना गुप्तचरहरूलाई कांग्रेस खुइल्याउने छुट दिएका हुन् ? सवाल खडा गरिएको छ । प्रशासनका एसएसपी विकास पाण्डे रिटायर्ड र डिआइजी भीमबहादुर बुढाथोकी कमजोर भएको मौकामा डिएसपी केसीको फूर्तिफार्ती चर्को छ ।
टिप्पणीहरू